प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक संघका प्रतिनिधिसँग विशेष छलफल गर्ने 

प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक संघका प्रतिनिधिसँग विशेष छलफल गर्ने 

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले आज बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जुत्ता उत्पादक सङ्घका पदाधिकारी तथा प्रतिनिधिसँग विशेष छलफल गर्ने भएका छन् । 

छलफलमा सङ्घका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, सचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, कार्यसमिति सदस्य सरोज भट्टराई र प्रतिनिधि विदुषी राणाको सहभागिता रहने छन् । 

बैठकमा स्वदेशी जुत्ता चप्पल उद्योगलाई प्रोत्साहन गर्ने, बजार व्यवस्थापन, आत्मनिर्भरताका प्रयास तथा यस क्षेत्रका विद्यमान चुनौती र नीतिगत सुधारका विषयमा ठोस छलफल हुने कार्यतालिका रहेको प्रधानमन्त्री कार्यालयको सचिवालयले जनाएको छ।

थप समाचार