टेक महिन्द्राको नाफामा २८ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो १४ अर्ब ६५ करोड भारु

टेक महिन्द्राको नाफामा २८ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो १४ अर्ब ६५ करोड भारु

मुम्बई : भारतीय आईटी कम्पनी टेक महिन्द्राले चालु आर्थिक वर्ष २०२६/२७ को पहिलो त्रैमासमा १४ अर्ब ६५ करोड भारतीय रुपैयाँ नाफा कमाएको छ ।

Sponsored Advertisement

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा २८ प्रतिशतले बढी हो । कम्पनीले गत आर्थिक वर्षको सोही त्रैमासिकमा १,१४० करोड रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीले बिहीबार पहिलो त्रैमासिक अर्थात् अप्रिलदेखि जुनसम्मको वित्तीय नतिजा सार्वजनिक गरेको हो। यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी १७.६७ प्रतिशत बढेको छ । 

पहिलो त्रैमासिकमा टेक महिन्द्राको सञ्चालनबाट प्राप्त आम्दानी वार्षिक आधारमा १७.६७ प्रतिशतले बढेर १५,७११ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १३,३५१ करोड रुपैयाँ थियो।

कम्पनीको कुल आम्दानी पनि १५ प्रतिशतले बढेर १५,६०५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको समान त्रैमासिकमा कम्पनीको कुल आम्दानी १३,५६९ करोड रुपैयाँ थियो।

वित्तीय रिपोर्ट सार्वजनिक हुनुअघि १६ जुलाईमा टेक महिन्द्राको शेयर मूल्य १.१३ प्रतिशतले बढेर १,५१५ भारतीय रुपैयाँमा बजार बन्द भएको थियो। पछिल्लो एक वर्षमा कम्पनीको शेयर मूल्य ६ प्रतिशतले घटेको छ। कम्पनीको बजार पुँजीकरण १.४८ लाख करोड भारतीय रुपैयाँ रहेको छ।  

थप समाचार