सहकारी नियमन प्राधिकरणको सदस्यमा सीए विनोद फुयाँल नियुक्त

सहकारी नियमन प्राधिकरणको सदस्यमा सीए विनोद फुयाँल नियुक्त

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सदस्य (चार्टर्ड एकाउन्टेन्ट) मा विनोद फुयाँल नियुक्त भएका छन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट फुयाँल सदस्य नियुक्त भएका हुन्।

मन्त्रालयले काठमाडौं महानगरपालिका ६, मनोहरा निवासी फुयाँललाई सहकारी ऐन, २०७४ को दफा १०३ग को उपदफा (१) को खण्ड (ङ) बमोजिम प्राधिकरणको सदस्यमा ४ वर्षका लागि नियुक्त गरेको हो। 

हाल प्राधिकरणको अध्यक्षको जिम्मेवारी भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन सचिव मदन भुजेलले सम्हालिरहेका छन्।

प्राधिकरणमा अब अध्यक्षसहित थप एक सदस्य (विज्ञ सदस्य) नियुक्त गर्न बाँकी छ । 

थप समाचार