काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७९.७४ अंकले बढेर २६७७.५४ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ७.५० अंकले बढेर २५७९.८० बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २५९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज दुई कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा चार अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा चार अर्ब ५६ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २२ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा श्रीनगर एग्रिटेक इनर्जी कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज आत्मनिर्भर उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।