एक वर्षमा ५८ अर्ब विदेशी लगानी प्रतिबद्धता, कृषि र सूचना प्रविधिमा लगानीकर्ताको आकर्षण 

एक वर्षमा ५८ अर्ब विदेशी लगानी प्रतिबद्धता, कृषि र सूचना प्रविधिमा लगानीकर्ताको आकर्षण 

काठमाडौं : गत आर्थिक वर्ष २०८२/८३ मा ५८ अर्ब रुपैयाँ बराबरको बराबरको वैदेशिक लगानी प्रतिवद्धता भएको छ । उद्योग विभागका अनुसार असार मसान्तसम्म एक हजार ११६ परियोजनाका लागि ५८ अर्ब १० लाख ८५ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । 

यसअवधिमा ८९७ परियोजनामा अटोमेटिक रुटबाट ९ अर्ब ५८ करोड ४४ लाख ८२ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको छ भने कागजी प्रक्रियाबाट २१९ परियोजनामा ४८ अर्ब ४१ करोड ६६ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । 

गत वर्षको असारमा मात्रै २०२ परियोजनाका लागि १० अर्ब ३८ करोड ४१ लाख ३८हजार रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको छ । 

असार दर्ता भएका उद्योगमा २८ हजार ४२३ जनाले रोजगारी पाउने भएका छन्  । यस अवधिमा दर्ता भएका उद्योगमा साना उद्योग एक हजार ९२ वटा, मझौला उद्योग १२ र ठूला उद्योग १२ वटा रहेका छन् । 

विभाग अनुसार असारसम्ममा कृषि क्षेत्रका १८ परियोजनामा २३ अर्ब १८ करोड ८० लाख रुपैयाँ, पर्यटन क्षेत्रका २२७ परियोजनामा १३ अर्ब ९९ करोड ७४ लाख र उत्पादन मुलुक क्षेत्रका ६३ परियोजनामा तीन अर्ब ९१ करोड ८७ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । 

त्यस्तै, ऊर्जा सम्बन्धी चार परियोजनामा सात अर्ब १६ करोड ८६ लाख ८५ हजार, सेवामुलक क्षेत्रका ७१ परियोजनामा चार अर्ब ९१ करोड ४० लाख र सुचना प्रविधिका ७२७ परियोजनामा दुई अर्ब ८३ करोड ३४ लाख ३९ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।

विभागका अनुसार यस अवधिमा नेपालमा लगानी गरेका विदेशी कम्पनी तथा लगानीकर्ताहरुले नाफा वापत साढे १७ अर्ब रुपैयाँ रोयल्टी लगेका छन् । विदेशी लगानीकर्ताले नेपालबाट १७ अर्ब ८५ करोड ४६ लाख २६ हजार रुपैयाँ लाभांश लगेका हुन् । 

यस अवधिमा लगानीकर्ताहरुले रोयल्टी मार्फत ५ अर्ब ८९ करोड ३१ हजार, अमेरिकी डलरमा १७ लाख ७५ हजार र भारतीय मूल्यमा थप ५६ लाख ७९ हजार रुपैयाँ रोयल्टी लगेका हुन् । 

थप समाचार