रिज लाइन इनर्जीले तिला-१ जलविद्युत आयोजनामा २० करोड लगानी गर्ने

रिज लाइन इनर्जीले तिला-१ जलविद्युत आयोजनामा २० करोड लगानी गर्ने

काठमाडौं : रिज लाइन इनर्जी लिमिटेडले कालिकोट जिल्लामा निर्माण हुने ४४० मेगावाट क्षमताको तिला-१ जलविद्युत आयोजनामा २० करोड रुपैयाँ लगानी गर्ने भएको छ।

कम्पनीको असार ३ गते सम्पन्न सञ्चालक समितिको ११८औँ बैठकले एस.सी. पावर प्रालिले प्रवर्द्धन गरेको तिला-१ जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार हकप्रद शेयर निष्कासनमार्फत संकलन हुने रकमबाट एस.सी. पावर प्रालिको जगेडा शेयरमा २० करोड रुपैयाँ लगानी गरिनेछ। उक्त रकम कालिकोट जिल्लास्थित तिला नदीमा निर्माण हुने ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत आयोजनामा प्रयोग हुनेछ।

यसैगरी, सोही बैठकले कम्पनीको स्वामित्वमा रहेको ललितपुर-१, कुपण्डोलस्थित काङ हाइड्रोपावर कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको शेयर रोक्का राख्ने निर्णय पनि गरेको छ।

कम्पनीका अनुसार अंकित मूल्य १०० रुपैयाँ दरका १५ लाख कित्ता शेयर खरिद-बिक्री वा हस्तान्तरण गर्न नपाउने गरी एनएमबी बैंक लिमिटेडको केन्द्रीय कार्यालय, काठमाडौंमा रोक्का राखिनेछ।

थप समाचार