एक हजार २५० मेट्रिक टन डीएपी मल भोलि नेपाल आइपुग्ने 

एक हजार २५० मेट्रिक टन डीएपी मल भोलि नेपाल आइपुग्ने 

काठमाडौं : नेपालमा भोलि १ हजार २५० मेट्रिक टन डी ए पी मल आइपुग्ने भएको छ । ग्लोबल टेन्डरमार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिक डी ए पी मल भारतको कोलकात्ता बन्दरगाहमा १० जुलाईमा आइपुगेको थियो। 

सो मलमध्ये १ हजार २५० मेट्रिक टन मल १ गते नेपालतर्फ ढुवानी सुरु भएको र सो मल भोलि ४ गते नेपाल आईपुग्ने कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ । 

बाँकी रहेको मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ) को काम भइरहेको जनाइएको छ । प्याकेजिङ सम्पन्न भएसँगै आज अर्को एक रेक बिरगन्ज चलान भएको छ । बाँकि क्रमशः नेपाल भित्रिने छ । 

त्यस्तै ३०,००० मे टन युरिया मल समेत कलकत्तामा आईपुगेको र हाल अनलोडिङ र ब्यागिङ भईरहेको हुँदा भोलि एक रेक बिरगन्जका लागि लोडिङ गर्ने तयारि भै रहेको कृषि सामग्री कम्पनीबाट जानकारी प्राप्त भएको छ ।

थप समाचार