काठमाडौं : धान रोपाइँको मुख्य सिजनलाई लक्षित गर्दै रासायनिक मलको आपूर्ति निरन्तर भइरहेको छ ।
आज २५० मेट्रिक टन डीएपी मल विराटनगर भन्सार आइपुगेको छ भने १,२५० मेट्रिक टन डीएपी बोकेको अर्को रेल र्याक भोलि बिहान (५ साउन) रक्सौल आइपुग्ने जानकारी प्राप्त भएको छ ।
यस्तै, कोलकाताबाट थप २५०० मेट्रिक टन डीएपी बोकेको अर्को रेल र्याक पनि नेपालतर्फ प्रस्थान गरिसकेको छ । यसैबीच, ३० हजार मेट्रिक टन युरिया मल ढुवानीको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।