काठमाडौं : बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडले ६४ मेगावाट क्षमताको नयाँ जलविद्युत् आयोजनामा लगानी गर्ने निर्णय गरेको छ। कम्पनीको साउन ५ गते बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले सिन्धुज्वाला हाइड्रोपावर लिमिटेडसँग सम्बन्धित उक्त आयोजनामा लगानी गर्ने निर्णय गरेको हो।
कम्पनीका अनुसार आयोजना अपर नेश्यम ४३ मेगावाट र अपर नेश्यम ए २१ मेगावाट गरी कुल ६४ मेगावाट क्षमताको हुनेछ। उक्त परियोजनामा बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनीले ५१ प्रतिशत स्वामित्व कायम रहने गरी लगानी गर्ने निर्णय गरेको जनाएको छ।