Below Menu

सीएनआई युवा उद्यमी मञ्चको साधारण सभा सम्पन्न, घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन

सीएनआई युवा उद्यमी मञ्चको साधारण सभा सम्पन्न, घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौं : नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले आफ्नो आठौँ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ । 

शुक्रवार काठमाडौँको होटेल र्याडिसनमा देशका प्रतिष्ठित व्यक्तित्वहरू, सरकारी अधिकारीहरू, कूटनीतिज्ञहरू, उद्योगपतिहरू तथा युवा उद्यमीहरूको  उपस्थिति सभा सम्पन्न भएको हो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा.पुकार मल्ल,  नेपाल उद्योग परिसङ्घका अध्यक्ष बीरेन्द्रराज पाण्डे तथा पूर्वमन्त्री अनिल सिन्हाले साधारण सभा उद्घाटन गरे।

सीएनआईवाइईयएफका अध्यक्ष  मनिष श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै युवा उद्यमीहरूको सशक्तीकरणमा मञ्चले खेलेको भूमिकाबारे प्रकाश पारे । स्टार्टअप चेयर श्चिराग सरावगीले सीएनआईवाइईयफका विगतका गतिविधि तथा उपलब्धिहरूबारे प्रस्तुतीकरण गरका थिए। 

सो अवसरमा विगत वर्षमा उत्कृष्ट योगदान पुर्‍याउने सदस्य तथा च्याप्टरहरूलाई सम्मान पत्र प्रदान गरियो। जसमा समिति तथा कार्यक्रमहरूमा सक्रिय सहभागिताका लागि जितेन्द्र बहातीलाई ‘मोस्ट एक्टिभ मेम्बर (पुरुष)’, प्रमुख पहलहरूमा पुर्याएको योगदानका लागि नेहा अग्रवाललाई ‘मोस्ट एक्टिभ मेम्बर (महिला)’, र सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकोमा सुधिज्ञ पन्तलाई ‘आउटस्ट्यान्डिङ एचिभमेन्ट अवार्ड’ प्रदान गरियो। 

साथै, सक्रिय सदस्य विस्तार तथा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरेकोमा सीएनआईवाइईयफ लुम्बिनी च्याप्टरलाई ‘च्याप्टर ग्रोथ अवार्ड’ र उत्कृष्ट कार्यसम्पादनसहित च्याप्टरलाई अनुकरणीय बनाएकोमा सीएनआईवाइईयफ कोशी च्याप्टरलाई ‘च्याप्टर एक्सेलेन्स अवार्ड’ द्वारा सम्मानित गरियो।

योजना आयोगका सदस्य डा. पुकार मल्ल, पुर्व मन्त्री अनिल सिन्हा, परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले  नयाँ सञ्चालक समितिलाई पिन लगाए । नयाँ बोर्डमा अध्यक्ष सुगम घिमिरे, निवर्तमान अध्यक्ष मनिष श्रेष्ठ, लर्निङ चेयर चिराग सरावगी, मेम्बरसिप एन्ड इन्टिग्रेसन चेयर शाइनी खेतान, स्टार्टअप, इन्टरप्रेनरसिप एन्ड इनोभेसन चेयर निदा दून मल्ल, गभर्नमेन्ट एन्ड डिप्लोम्याटिक रिले्सन्स चेयर सुजित रेग्मी, कम्युनिकेसन्स एन्ड एक्सपान्सन चेयर पुनीत अग्रवाल स्ट्र्याटेजिक एलायन्स एन्ड कम्युनिकेसन्स चेयर यश अग्रवाल, र फाइनान्स एन्ड इन्टरनेसनल रिले्सन्स चेयर अङ्कुर अग्रवाल रहेका छन् । 

यस्तै को–चेयरहरूमा न्यान्सी अग्रवाल (मेम्बरसिप एन्ड इन्टिग्रेसन), सचेत मानन्धर (स्टार्टअप, इन्टरप्रेनरसिप एन्ड इनोभेसन), र चेतन प्रधान (गभर्नमेन्ट एन्ड डिप्लोम्याटिक रिले्सन्स) चयन भएका छन् । 

सम्बोधनका क्रममा प्रमुख अतिथि डा. मल्लले उद्यमशीलता विकास सुविधा ९भ्लतभचउचष्कभ म्भखभयिऊभलत ँबअष्ष्तिथ० का लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी गराउँदै सीएनआईवाइईयफसँग सहकार्य गरेर अघि बढ्न इच्छुक रहेको बताए । परिसंघका अध्यक्ष पाण्डेले देशको आर्थिक समृद्धिमा सीएनआईवाइईयफको भूमिकाको प्रशंसा गर्दै युवा नेतृत्वलाई हौसला प्रदान गरिनुपर्ने बताए । 

कार्यक्रमको अन्त्यमा निवर्तमान अध्यक्ष मनिष श्रेष्ठले अतिथिहरूलाई मायाको चिनो प्रदान गरेका थिए भने नवनिर्वाचित अध्यक्ष सुगम घिमिरेले उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गरे ।