काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.२० अंकले घटेर २६८४. ३३ बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से १२.९६ अंकले बढेर २६८५.५४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १२६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा चार अर्ब ५७ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार नेप्सेमा तीन अर्ब ७५ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज रिलायन्स स्पिनिङ मिल्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १२ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा एभरेष्ट कलर लिमिटेड कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १४.९९ प्रतिशतले बढेको छ। आज रिलायन्स स्पिनिङ मिल्स शेयरमूल्य ७.४० प्रतिशतले घटेको छ ।