Below Menu

सरकारले पाँच अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै, आजै बोलकबोल  

सरकारले पाँच अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै, आजै बोलकबोल  

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत ५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नविकरण गर्न लागेको हो । कार्यालयका अनुसार ३६४ दिने ट्रेजरी बिल २०८४ साउन २५ गते परिपक्क हुनेछ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले साउन २५ गते दिउँसो ३ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने मंगलबार बाँडफाँट हुनेछ । कार्यालयले यसअघि साउन ११ गते १५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।

थप समाचार