काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेकाे हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ६७० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख एक हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ६४५ रुपैयाँमा कारोबार भएको थियो ।