Below Menu

प्रतितोला दुई हजार ८०० रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य घट्यो 

प्रतितोला दुई हजार ८०० रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य घट्यो 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार ८०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ९७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार