Below Menu

आईपीओ निष्कासनको अनुमति माग्दै मिडिल मोदी र सिद्धि हाइड्रोपावरले दिए बोर्डमा आवेदन 

आईपीओ निष्कासनको अनुमति माग्दै मिडिल मोदी र सिद्धि हाइड्रोपावरले दिए बोर्डमा आवेदन 

काठमाडौं : सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि थप चार कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन् । मिडिल मोदी हाइड्रोपावर र सिद्धि हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति मागेका हुन् ।

Sponsored Advertisement

यी दुई वटै कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमा आईपीओ निष्कासन गर्ने गरी अनुमति मागेका छन् । मिडिल मोदी हाइड्रोपावरले २२ करोड २७ लाख ५० हजार रुपैयाँ बराबरको २२ लाख २७ हजार ५०० कित्ता आईपीओ निष्कासनका बोर्डमा आवेदन दिएको हो । 
 
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

यस्तै,  सिद्धि हाइड्रोपावरले ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता आईपीओ निष्कासनका सेबोनमा आवेदन दिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटललिमिटेड रहेको छ ।

 

थप समाचार