विपतमा सक्रिय रेडक्रम, हेलिकप्टरमार्फत रसुवा पठाइयो अत्यावश्यक औषधि

विपतमा सक्रिय रेडक्रम, हेलिकप्टरमार्फत रसुवा पठाइयो अत्यावश्यक औषधि

काठमाडौं : नेपाल रेडक्रस सोसाइटीले रसुवाको भोटेकोसी खोलामा आएको विपतपछि आफ्नो कर्मचारी तथा स्वयंसेवक परिचालन गरी आफ्नो कामलाई निरन्तरता दिएको जनाएको छ । 

बाढी प्रभावित क्षेत्रका व्यक्तिका लागि थप सहयोग उपलब्ध गराउन सरकारसँगै मिलेर रेडक्रसले काम गरिरहेको सोसाइटीका अध्यक्ष डा।विशालकुमार भण्डारीले जानकारी दिएका छन् ।

सरकारले छुट्टाएको क्लस्टर अनुसार नै क्लस्टर विभाजन गरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर सेवा पुर्याइरहेको पनि उनले जानकारी दिए ।

सोमबार मात्र सोसाइटीले नेपाल आर्मीको हेलिकप्टरमार्फत अत्यावश्यक औषधिलगायत लिस्टमा भएका सामग्रीहरु रसुवा पठाएको छ ।