सिटिजन्स क्यापिटलले १३ प्रतिशत नगद लाभांश दिने, असोज १९ गते डाक्यो साधारणसभा 

सिटिजन्स क्यापिटलले १३ प्रतिशत नगद लाभांश दिने, असोज १९ गते डाक्यो साधारणसभा 

काठमाडौं : सिटिजन्स क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १३ प्रतिशतका दरले हुन आउने दुई करोड ६० लाख रुपैयाँ बराबरको करसहितको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज १९ गते २० औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा सिटिजन्स क्यापिटलको रजिष्टर्ड कार्यालय डिल्लिबजार काठमाडौंमा बिहान ११ बजे हुनेछ । 

सभाले आर्थिक वर्ष २०८३/८४ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षका लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज ८ गते एक दिनका लागि शेयर दर्ता किताब बन्द गर्ने भएको छ । जसअनुसार असोज ७ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साभारणसभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।