काठमाडौं : टिम भेन्चर्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशतका दरले हुन आउने तीन करोड दुई लाख १९ हजार ४४४ रुपैयाँ बोनस शेयर र सोको कर प्रयोजनका लागि २ प्रतिशतका दरले हुन आउने २ करोड २७ लाख ९७ हजार १२४ दशमलव ४२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज २० गते १७ तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा दुषित प्रिन्सेस, लाजिम्पाट काठमाडौंमा दिउँसो ४ बजे हुनेछ ।
सभाले आर्थिक वर्ष २०८३/८४ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षका लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।
यसका साथै सभाले कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन स्वीकृत गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गरी अभिलेख अद्यावधिक गर्ने प्रक्रियामा नियमनकारी निकाय÷कार्यालयबाट कुनै फेरबदलरपरिमार्जन गर्न वा मिलाउन सुझाव वा निर्देशन प्राप्त भएमा सो अनुसार फेरबदल गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ ।