Below Menu

इक्रा नेपालले ६२.५० प्रतिशत नगद लाभांश दिने, असोज २२ गते डाक्यो साधारणसभा 

इक्रा नेपालले ६२.५० प्रतिशत नगद लाभांश दिने, असोज २२ गते डाक्यो साधारणसभा 

काठमाडौं : इक्रा नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६२.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Sponsored Advertisement

कम्पनीले हाल कायम चुक्ता पूँजीको ६२.५० प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज २२ गते १४ औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा एलोफ्ट होटल, ठमेल काठमाडौंमा दिउँसो २ बजे हुनेछ । 

सभाले आर्थिक वर्ष २०८३/८४ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षका लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।

थप समाचार