काठमाडौं : साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २१.१९ अंकले घटेर २६१२.४२ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ४८.५७ अंकले बढेर २६३३.६२ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ४२ कम्पनीको शेयरमूल्य बढेको छ । भने २२५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा ५ अर्ब ३८ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा आठ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३७ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा नारायणी डेभलपमेन्ट बैंक रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ६.३७ प्रतिशतले बढेको हो । आज एनएमबी हाइब्रिड फण्ड–२ को शेयरमूल्य ७.७३ प्रतिशतले घटेको छ ।