रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलले ५ प्रतिशत नगद लाभांश दिने  

रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलले ५ प्रतिशत नगद लाभांश दिने  

काठमाडौं : रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज ३० गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा कम्पनीको कार्यालय बालुवाटार काठमाडौंमा दिउँसो १ बजे हुनेछ । 

सभाले आर्थिक वर्ष २०८३/८४ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षका लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।