काठमाडौं : विकास हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ ३१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुका लागि १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले हुन आउने ९ करोड ९ लाख १० हजार १३० रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशतका दरले हुन आउने ४७ लाख ८४ हजार ६०० दशलमव १४ रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण गरिनेछ।