काठमाडौं : प्रविधिमैत्री सहकारी सेवाको उद्देश्यसहित २०७२ सालमा स्थापित प्रिमियम टेक्नोलोजीज् प्रा.लि. (प्रिमियम सीबीएस) आज (असोज १) देखि विधिवत् रूपमा १२औँ वर्षमा प्रवेश गरेको छ। १२ वर्षको यात्रामा कम्पनीले सहकारी तथा वित्तीय संस्थाको डिजिटल रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै ४५० बढी संस्थासँगको सहकार्यलाई आफ्नो उपलब्धिका रूपमा प्रस्तुत गरेको छ।
कम्पनीले सबैको साथ, सहयोग र विश्वासबाट लामो इतिहास निर्माण गर्न सफल भएको भन्दै १२औँ वर्ष प्रवेशको अवसरलाई खुसी साट्ने अवसरका रूपमा लिएको जनाएको छ। सहकारी क्षेत्रलाई प्रविधियुक्त बनाउने अभियानमा अग्रणी भूमिका निर्वाह गर्दै आएको प्रिमियम टेक्नोलोजीजले अत्याधुनिक वेब बेस्ड प्रविधिमा आधारित कोर बैंकिङ सिस्टम ‘प्रिमियम सीबीएस’ सञ्चालनमा ल्याएको छ।
आईएसओ ९००१:२०१५ प्रमाणित ‘प्रिमियम सीबीएस’ सहकारी क्षेत्रमा अग्रणी तथा लोकप्रिय कोर बैंकिङ प्रणालीका रूपमा प्रयोग हुँदै आएको छ। युजर तथा सर्भिस फ्रेण्ड्ली रहेको यो प्रणाली हाल सातै प्रदेशका ४५० बढी सहकारी तथा वित्तीय संस्थाले प्रयोग गर्दै आएका छन्।
प्रिमियम टेक्नोलोजीज्ले विगत ११ वर्षदेखि मूलतः सहकारी संस्था, लघुवित्त, व्यावसायिक कम्पनी तथा फर्महरूको सेवालाई प्रविधियुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। संस्थाको कारोबार, लेखा, ऋण व्यवस्थापन, रिपोर्टिङ तथा सदस्य सेवाजस्ता विभिन्न पक्षलाई एउटै डिजिटल प्रणालीमार्फत व्यवस्थित गर्न कम्पनीले प्रविधि विकास गर्दै आएको जनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अपिल कोइरालाले १२औँ वर्ष प्रवेशको अवसरमा जारी गरेको प्रतिबद्धतामा नियामक निकायका आवश्यकतालाई सम्बोधन गर्ने गरी रिपोर्टिङ गर्न सकिने प्रणालीको विकासलाई उच्च प्राथमिकता दिएको बताए।
‘हाम्रा सदस्य संघ/संस्थालाई व्यवस्थित, वैधानिक, मर्यादित अनि विश्वसनीय बनाउनुपर्ने दायित्व र कर्तव्य ठानेका छौँ,’ कम्पनीले जारी गरेको प्रतिबद्धतामा भनिएको छ, ‘यसमा हाम्रो दक्ष जनशक्तिको मेहनत स्तुत्य छ।’
कम्पनीले ४५० संघ/संस्थासँग अटुट सम्बन्ध गाँस्न सफल भएको भन्दै यसलाई महत्वपूर्ण उपलब्धि र नियमित सञ्चालनको बलियो आधारका रूपमा लिएको छ। आगामी दिनमा समयसापेक्ष रूपमा सेवा परिमार्जन तथा परिस्कृत गर्दै जाने र संस्थाहरूसँगको विश्वास अझ बलियो बनाउने प्रतिबद्धता पनि कम्पनीले जनाएको छ।
प्रविधिसँगै नयाँ पुस्ताको सेवा
१२औँ वर्ष प्रवेशसँगै कम्पनीले ‘Premium CBS Lite’ समेत ग्राहक तथा सदस्यहरूमाझ ल्याएको छ। आधुनिक कोर बैंकिङ सिस्टमलाई सहज, सबल र सुरक्षित रूपमा प्रयोग गर्न सकिने गरी यसको विकास गरिएको कम्पनीले जनाएको छ।
भविष्यमा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै थप परिस्कृत संस्करणहरू विकास गर्ने प्रतिबद्धता कम्पनीका प्रबन्ध निर्देशक मोहन बनले व्यक्त गरेका छन्। ग्राहकको सल्लाह, सुझाव तथा गुनासोलाई उचित रूपमा सम्बोधन गर्दै नियामकीय प्रबन्धहरूको पूर्ण पालना गर्ने र वैधानिक, जोखिमरहित तथा सुव्यवस्थित प्रणाली लागू गर्ने कम्पनीको योजना रहेको प्रबन्ध निर्देशक बनले बताए।
कम्पनीका अनुसार ‘प्रिमियम सीबीएस’ ईआरपी तथा माइक्रो सर्भिस मोडलमा आधारित छ। नवीनतम प्रविधिमा आधारित यस सफ्टवेयरले डाटा सुरक्षा र संवेदनशीलतालाई विशेष प्राथमिकता दिएको कम्पनीको दाबी छ।
प्रिमियम सीबीएसमा २ फ्याक्टर सेक्युरिटी, म्यानेजर तथा बोर्डका लागि आवश्यक म्यानेजमेन्ट रिपोर्ट, लोन अटोमेसन सिस्टम, नेपाली तथा अंग्रेजी भाषा, लाइभ च्याट सपोर्ट र नयाँ युजर इन्टरफेस लगायतका सुविधा रहेका छन्।

प्रिमियम टेक्नोलोजीजले आफ्नो १२औँ वर्ष प्रवेशलाई ‘१२ वर्ष, १२ प्रतिबद्धता’ का रूपमा अघि सारेको छ। निरन्तर नवप्रवर्तन, सेवा र गुणस्तरको यात्रालाई पहिलो प्रतिबद्धताका रूपमा लिएको कम्पनीले ४५० बढी संस्थाको विश्वासलाई आफ्नो डिजिटल यात्राको महत्वपूर्ण आधार मानेको छ।
कम्पनीले नेपालको सहकारी क्षेत्रका लागि स्थानीय आवश्यकता र व्यवहारलाई केन्द्रमा राखेर पूर्ण Core Banking Solution विकास गर्ने प्रतिबद्धता जनाएको छ। संस्थाको दैनिक कारोबारलाई सरल, सुरक्षित र प्रभावकारी बनाउने गरी स्मार्ट, सुरक्षित र भरपर्दो सीबीएसलाई निरन्तर परिस्कृत गर्ने योजना रहेको प्रबन्ध निर्देशक बनले बताए।
बहुशाखा तथा केन्द्रीयकृत सञ्चालनलाई सहज बनाउने, एउटै प्रणालीबाट शाखा, कारोबार र व्यवस्थापनमा नियन्त्रण कायम गर्ने तथा ऋण प्रवाहदेखि अनुगमन, असुली र रिपोर्टिङसम्मलाई व्यवस्थित बनाउने प्रतिबद्धता पनि कम्पनीले अघि सारेको छ।
त्यस्तै, सही, छिटो र पारदर्शी लेखा तथा नियामक निकायका लागि आवश्यक रिपोर्टिङको सुविधा, Anytime, Anywhere Digital Member Experience, निरन्तर Innovation/Product Development तथा डाटा सुरक्षालाई प्राथमिकतामा राखिएको छ।
कम्पनीले ‘सही People + सही Process + सही Technology’ लाई दिगो तथा दीर्घकालीन संस्थागत विकासको आधारका रूपमा लिएको छ। यही आधारमा नेपालको डिजिटल सहकारी क्षेत्रलाई अझ आधुनिक, सक्षम र समृद्ध बनाउने यात्रालाई निरन्तरता दिने प्रतिबद्धता कम्पनीको छ।
स्थापना दिवसको अवसरमा प्रिमियम टेक्नोलोजीज्ले ग्राहक, साझेदार, व्यवस्थापन, प्राविधिक, सरोकारवाला तथा सम्पूर्ण शुभचिन्तकप्रति आभार व्यक्त गरेको छ। १२ वर्षको यात्रामा प्राप्त विश्वासलाई आगामी दिनको प्रविधि विकासको आधार बनाउँदै सहकारी तथा वित्तीय क्षेत्रको डिजिटल रूपान्तरणमा थप योगदान गर्ने कम्पनीले जनाएको छ।
