ट्रेजरीमार्फत साढे २५ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार 

ट्रेजरीमार्फत साढे २५ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत साढे २५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २५ अर्ब ५३ करोड २० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

कार्यालयले २० अर्ब ५३ करोड २० लाख रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल नविकरण गर्न लागेको हो भने सोही अवधिको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । कार्यालयका अनुसार ९१ दिने दिने ट्रेजरी बिल पुस ७ गते परिपक्क हुनेछ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले  असोज ५ गते दिउँसो ३ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने मंगलबार बाँडफाँट हुनेछ । कार्यालयले यसअघि भदौ २६ गते १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।

थप समाचार