सवारी साधन दर्ता सहज बनाउन नाडाको माग, प्रजिअ पौडेलले भने- ‘समन्वय गरेर समाधान गर्छौँ’ 

सवारी साधन दर्ता सहज बनाउन नाडाको माग, प्रजिअ पौडेलले भने- ‘समन्वय गरेर समाधान गर्छौँ’ 

काठमाडौं : नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) महासचिव मिलनबाबु मल्लको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले बिहिबार काठमाडौै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेटगरी सवारी साधनहरुको दर्ताको सम्बन्धमा देखा परेका समस्याहरुको विषयमा विस्तृत छलफल गरेको छ । 

Sponsored Advertisement

उक्त भेटघाट तथा छलफलमा नाडाका महासचिव मिलनबाबु मल्लले हाल चाडपर्वको समय नजिकिँदै गएको तथा यातायात व्यवस्था कार्यालयहरुमा समेत सवारीसाधन दर्ता सम्बन्धी कार्यको चाप बढिरहेको अवस्थामा कार्यालयमा उपलब्ध जनशक्ति सीमित हुँदा सेवाग्राही तथा कम्पनीका प्रतिनिधिहरूको काम समयमै सम्पन्न गर्न केही कठिनाइ भइरहेको अवस्था छ भन्दै कम्पनीका प्रतिनिधिहरूले आफ्ना कम्पनीको तर्फबाट आवश्यक कागजात पेश गर्ने तथा सवारीसाधन दर्तासम्बन्धी आवश्यक कार्यमा सहजीकरण गर्ने भए तापनि कार्यालयमा हुने नियमित प्रक्रिया तथा कर्मचारीको कार्यचापका कारण उक्त कार्य सम्पन्न गर्न अपेक्षाकृत बढी समय लाग्ने गरेकोले यस विषयमा तत्काल सहयोग र समन्वयका लागि अनुरोध गरेका छन् । 

सोहि छलफलको क्रममा नाडाका सचिव तथा टु हवीलर समितिका सभापति मेघराज पौडेलले असोेज ८ गते यातायात व्यवस्था कार्यालयका प्रमुख राजन पोखरेलसँग नाडा प्रतिनिधिहरुले भेटगरी उक्त विषयमा समाधानका लागि छलफल समेत गरिसकेको जानकारी दिए । 

छलफलको अन्त्यमा प्रमुख जिल्ला अधिकारी पौडेलले यस विषयमा सम्बन्धित यातायात व्यवस्था कार्यालयहरुसंग छलफल र समन्वयगरी समस्याको समाधान गरिने बताए । उक्त भेटघाट तथा छलफलमा नाडाका केन्द्रीय कार्य समिति सदस्य विमल साह, नाडा टु हवीलर समितिका सदस्यद्धय योगेन गुरुङ्ग तथा दिपक रौनियार समेतको उपस्थिति रहेको थियो । 
 

थप समाचार