काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.९० अंकले घटेर २५८७.२५ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ०.२६ अंकले बढेर २५९९.१५ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ६१ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब २९ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा चार अर्ब ८९ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सिद्धार्थ बैंक डिबेञ्चरको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २६ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । सर्वाधिक मूल्य बढ्नेमा एनएमबि बैंक डिबेञ्चर रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १४.२९ प्रतिशतले बढेको हो । आज सिन्धु विकास बैंकको शेयरमूल्य ८.५५ प्रतिशतले घटेको छ ।