काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २०.४८ अंकले घटेर २५६६.७६ बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से ११.९० अंकले घटेर २५८७.२५ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ३२ कम्पनीको शेयरमूल्य बढेको छ । भने २४२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब २७ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार नेप्सेमा चार अर्ब २९ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज घलेम्दी हाइड्रोको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २२ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक डिबेञ्चर रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ५.७५ प्रतिशतले बढेको हो । आज त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य ५.८४ प्रतिशतले घटेको छ ।