दुई जलविद्युत् र केबल उद्योगमा एनआरएन इन्फ्रास्ट्रक्चरले एक अर्ब ३० करोड लगानी गर्ने

दुई जलविद्युत् र केबल उद्योगमा एनआरएन इन्फ्रास्ट्रक्चरले एक अर्ब ३० करोड लगानी गर्ने

काठमाडौं : एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले दुईवटा जलविद्युत् आयोजनासहित तीन कम्पनीमा सवा एक अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।

Sponsored Advertisement

असोज २७ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले दुई जलविद्युत् आयोजनामा एक अर्ब २० करोड रुपैयाँ र एक केबल उद्योगमा ९ करोड ७५ लाख ५० हजार रुपैयाँ गरी एक अर्ब ३० करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो । 

कम्पनीले सांग्रिला ऊर्जा लिमिटेडद्वारा प्रवर्द्धित ६३ मेगावाट क्षमताको छुजुङ खोला जलविद्युत् आयोजनामा २० लाख कित्ता बराबर २० करोड रुपैयाँ र दुधकोशी हाइड्रोपावर नेपाल लिमिटेडद्वारा प्रवर्द्धित ७० मेगावाटको दुधकोशी-२ जलविद्युत् आयोजनामा १ करोड कित्ता बराबर एक अर्ब रुपैयाँ लगानी गर्न लागेको हो । 

यसैगरी कम्पनीले औद्योगिक क्षेत्रतर्फ मोरङमा रहेको अन्नपूर्ण राठी केबल्स इन्डस्ट्रिज लिमिटेड २ लाख ८५ हजार कित्ता बराबर ९ करोड ७५ लाख ५० हजार रुपैयाँ लगानी गर्न लागेको हो । 

थप समाचार