सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा ११ हजार सात सय रुपैयाँले घट्यो 

सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा ११ हजार सात सय रुपैयाँले घट्यो 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ११ हजार सात सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २३० रुपैयाँले घटेको छ । 

Sponsored Advertisement

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला तीन हजार ९५५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

दशैँ अघिको अन्तिम कारोबार दिन कार्तिक २ गते साेमबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार १८५ रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार