Below Menu

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले बढेको छ । 

Sponsored Advertisement

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला तीन हजार ९९५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार