काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत दश अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २५ अर्ब ५३ करोड २० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।
कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो भने १८२ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । कार्यालयका अनुसार ९१ दिने ट्रेजरी बिल माघ १२ गते र १८२ दिने ट्रेजरी बिल २०८४ बैशाख १४ गते परिपक्क हुनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले कात्तिक ९ गते दिउँसो ३ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने मंगलबार बाँडफाँट हुनेछ । कार्यालयले यसअघि असोज २६ गते ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।