Below Menu

सामान्य अंकले घट्यो शेयर बजार, पौने नौ अर्बको कारोबार

सामान्य अंकले घट्यो शेयर बजार, पौने नौ अर्बको कारोबार

काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.४५ अंकले घटेर २६९०.१५ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ३१.५४ अंकले बढेर २६९५.६० बिन्दुमा बन्द भएको थियो ।

Sponsored Advertisement

आज कारोबारमा आएका १०२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा आठ अर्ब ८९ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार नेप्सेमा आठ अर्ब ५७ करोड ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज लुम्बिनी विकास बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३८ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा बेनी हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १४.९९ सर्किट लागेको हो । आज मेन्छियाम हाइड्रोपावर कम्पनीको शेयरमूल्य ४.०८ प्रतिशतले घटेको छ । 

 

थप समाचार