Below Menu

वाणिज्य बैंकको खुद नाफा साढे १९ अर्ब नाघ्यो, धेरै नाफा बढाउनेमा नेपाल इन्भेष्टमेन्ट बैंक

वाणिज्य बैंकको खुद नाफा साढे १९ अर्ब नाघ्यो, धेरै नाफा बढाउनेमा नेपाल इन्भेष्टमेन्ट बैंक

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले साढे १९ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन्। बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार असोज मसान्तसमम १९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ नाफा कमाएका हुन् । 

Sponsored Advertisement

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ४९.४० प्रतिशतले बढी हो । गत वर्ष बैंकहरुले १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

यस अवधिमा आइपुग्दा १६ बैंकहरुको नाफा बढेको छ भने चार बैंकको नाफा घटेको छ । सर्वाधिक नाफा बढाउनेमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २५२२.४७ प्रतिशतले बढेको हो ।

यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ । चालु आवको तीन महिनामा बैंकले दुई अर्ब ५५ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको हो । जुन गत वर्षको तुलनामा ४५.४३ प्रतिशतले बढी हो ।

गत वर्ष एक अर्ब ८५ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको ग्लोबल आईएमई बैंकले चालु आवको पहिलो त्रैमासमा दुई अर्ब ३१ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको छ । जुन २४.४९ प्रतिशतले बढी हो ।

यस अवधिमा राष्ट्रिय वाणिज्य बैंकको नाफा १७५.५२  प्रतिशतले बढेको छ भने सानिमा बैंकको नाफा १३१.१३ प्रतिशतले बढेको छ । त्यस्तै सिद्धार्थ बैंकको १६२.७५ प्रतिशत, कृषि विकास बैंकको बैंकको १८०३.७१ प्रतिशत र लक्ष्मी निराइज बैंकको नाफा ९६.६१ प्रतिशतले बढेको छ । 

असोज मसान्त्सम्म आइपुग्दा तीन वाणिज्य बैंकहरुको नाफा घटेको छ । यस अवधिमा आइपुग्दा प्राइम कमर्सियल बैंक, स्ट्याण्डर्ड चार्टर्ड र हिमालयन बैंक रहेका छन् । गत वर्ष घाटामा रहेको सिटिजन बैंक १० करोड ७७ लाख रुपैयाँ नाफामा गएको छ । 


 

 
 

थप समाचार