Below Menu

विद्युत बिक्रीमार्फत आम्दानी दोब्बरले बढ्दा भिजन लुम्बिनी उर्जा सवा एक करोड नाफामा

विद्युत बिक्रीमार्फत आम्दानी दोब्बरले बढ्दा भिजन लुम्बिनी उर्जा सवा एक करोड नाफामा

काठमाडौं : भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले एक करोड १६ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

Sponsored Advertisement

गत आवको सोही अवधिसम्म नौ करोड ४६ लाख ६३ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको कम्पनी नाफामा गएको हो । समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानीसँगै सञ्चालन मुनाफा पनि बढेका कारण नाफामा सुधार देखिएको हो । 

गत वर्ष विद्युत बिक्रीमार्फत नौ करोड ६८ लाख २५ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीको यस्तो आम्दानी असोज मसान्तसम्म आइपुग्दा १९ करोड ३१ लाख ७४ हजार रुपैयाँ पुगेको छ । जुन ९९.६१ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीको कुल नाफा गत वर्षको ५ करोड ९२ लाख चार हजार रुपैयाँबाट बढेर यस वर्ष १४ करोड ५० लाख ६६ हजार रुपैयाँ पुगेको छ। 

पहिलो त्रैमाससम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ । गत वर्ष ४.९५ रुपैयाँ ऋणात्मक रहेको प्रतिशेयर आम्दानी यस वर्ष बढेर २.४३३ रुपैयाँ पुगेको छ। त्यस्तै यस अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात १५१.८५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४०.११ रुपैयाँ रहेको छ।

असोज मसान्तसम्म एक अर्ब ९१ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ६७ करोड ६४ लाख ६७ हजार रुपैयाँ रहेको छ भने रिटेन अर्निङमा ९ करोड ६ लाख ८६ हजार रुपैयाँ रहेको छ । 

 
 

थप समाचार