Below Menu

नेप्से परिसूचकमा झिनो अंकको सुधार, बढ्न सकेन कारोबार 

नेप्से परिसूचकमा झिनो अंकको सुधार, बढ्न सकेन कारोबार 

 काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३.६२ अंकले बढेर २६२८.६७ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ११.०५ अंकले घटेर २६२५.०५ बिन्दुमा बन्द भएको थियो ।

Sponsored Advertisement

आज कारोबारमा आएका १३८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ८७ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा चार अर्ब ७३ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज एनआईसी एशिया बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १६ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा बोटलर्स नेपा (बालाजु) कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ६ प्रतिशतले बढेको हो । आज एभरेष्ट कलर लिमिटेड कम्पनीको शेयरमूल्य ५.४५ प्रतिशतले घटेको छ । 
 

थप समाचार