Below Menu

अस्ट्रेलियामा नेपालीको आगमनको ५० वर्ष पूरा, सिड्नीमा विशेष कार्यक्रम आयोजना हुँदै

अस्ट्रेलियामा नेपालीको आगमनको ५० वर्ष पूरा, सिड्नीमा विशेष कार्यक्रम आयोजना हुँदै

सिड्नी : अस्ट्रेलियामा नेपालीको उपस्थिति सुरु भएको ५० वर्ष पूरा भएको अवसरमा सिड्नीमा विशेष कार्यक्रम आयोजना हुने भएको छ।

Sponsored Advertisement

नेप्लिज अस्ट्रेलियन एसोसिएसनको आयोजनामा आगामी नोभेम्बर २७ र २८ तारिखमा सिड्नीको हर्सभिलस्थित मराना हलमा कार्यक्रम हुन लागेको हो । सन् १९७६ मा स्थापना भएको यस संस्थाले अस्ट्रेलियामा नेपाली समुदायको इतिहास र योगदानलाई स्मरण गर्दै स्वर्ण जयन्ती कार्यक्रम आयोजना गर्न लागेको हो । 

कार्यक्रममा सहभागी हुन नेपालबाट वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, वरिष्ठ चिकित्सक डा। भगवान कोइराला, हास्य कलाकार मनोज गजुरेल तथा गायिका शान्तिश्री परियार अस्ट्रेलिया आउने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा नेपाली कला, संस्कृति, मनोरञ्जन तथा सामाजिक क्षेत्रका विभिन्न गतिविधि समेटिने अपेक्षा गरिएको छ।

अस्ट्रेलियामा नेपाली समुदायको सुरुवाती इतिहास, यहाँको समाजमा नेपालीको योगदान र पाँच दशकको सामुदायिक यात्रालाई स्मरण गर्ने यो अवसरलाई विशेष रूपमा हेरिएको छ।

थप समाचार