वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को विशेष बैठक आह्वान, साँझ सर्वदलीय बैठक पनि बस्ने
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को विशेष बैठक आह्वान, साँझ सर्वदलीय बैठक पनि बस्ने

काठमाडौं : इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहतलगायत विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को विशेष बैठक बोलाएका छन् ।  आज अपराह्न ४ बजे सिंहदरबारमा बोलाइएको ब...

इजरायलको पछिल्लो अवस्थाबारे आवश्यक निर्णय लिन बैठक जारी
इजरायलको पछिल्लो अवस्थाबारे आवश्यक निर्णय लिन बैठक जारी

काठमाडौं : इजरायलमा जारी पछिल्लो द्वन्द्व र यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक अहिले मन्त्रालयमा बसिरहेको छ । नेपाल सरकारले आइतबार मन्त्री साउदको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो ।  संयन्त्रले निरन...

सात बुँदे घोषणापत्र सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सम्पन्न 
सात बुँदे घोषणापत्र सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सम्पन्न 

काठमाडौं : सात बुँदे घोषणापत्र सार्वजनिक गर्दै पोखरामा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सम्पन्न भएको छ । काठमाडौं विश्वविद्यालय र जापानको होक्काइडो विश्वविद्यालयको आयोजना तथा नेपाल पर्यटन बोर्डको आतिथ्यमा शुक्रवार देखि पोखरामा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विका...

प्रतितोला एक हजारले बढ्यो सुन, यस्तो छ आजको मूल्य 
प्रतितोला एक हजारले बढ्यो सुन, यस्तो छ आजको मूल्य 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो । महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख आठ हजार छ सय रुपैयाँ...

कहिलेसम्म कायम भएका शेयरधनीले पाउँछन् घलेम्दी हाइड्रोको २०० प्रतिशत हकप्रद ?
कहिलेसम्म कायम भएका शेयरधनीले पाउँछन् घलेम्दी हाइड्रोको २०० प्रतिशत हकप्रद ?

काठमाडौं : घलेम्दी हाइड्रोपावर कम्पनीले शेयरधनि दाखिला खारेज (बुक क्लोज) बन्द गर्ने मिति तय गरेको छ । आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हकप्रद शेयर जारी गर्ने प्रयोजनका लागि कात्तिक ३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । जस अनुसार कात्ता २ गतेसम्म कायम भएका शेयरधनीहरुल...

माथिल्लो मैलुङखोला जलविद्युतको आईपीओमा आजसम्म आवेदन दिन सकिने 
माथिल्लो मैलुङखोला जलविद्युतको आईपीओमा आजसम्म आवेदन दिन सकिने 

काठमाडौं : माथिल्लो मैलुङखोला जलविद्युत कप्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असोजव १८ गतेदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आईपीओमा आज साँझ ५ बजेससम्म आवेदन दिन सकिने छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो ।...

दसैँका लागि अग्रीम टिकट बुकिङ आजदेखि खुला
दसैँका लागि अग्रीम टिकट बुकिङ आजदेखि खुला

काठमाडौं : सरकारले विजयादशमी, शुभदीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । देशका विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्र्रिम टिकट बुकिङ खुला गरेको हो...

कार्ड नहुँदा रोकियो स्मार्ट लाइसेन्सको छपाइ
कार्ड नहुँदा रोकियो स्मार्ट लाइसेन्सको छपाइ

काठमाडौं :  ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड नहुँदा आकस्मिकबाहेक अरु छपाइ रोकिएको छ । अनुमतिपत्र छाप्नका लागि कार्ड सकिएकाले अहिले आकस्मिकका लागि दैनिक तीन सय ५० भन्दा बढी नछापिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले खरिदका लागि प्रक्रिया अघि बढाइसकेको र अब...

नयाँ नोट सटही असोज २९ गतेदेखि
नयाँ नोट सटही असोज २९ गतेदेखि

काठमाडौं : नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी  यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उ...

अर्थमन्त्री डा महत विश्व बैंकको वार्षिक बैठकमा भाग लिन मोरक्को प्रस्थान
अर्थमन्त्री डा महत विश्व बैंकको वार्षिक बैठकमा भाग लिन मोरक्को प्रस्थान

काठमाडौं : अर्थमन्त्री डा प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन आज मोरक्को  तर्फ प्रस्थान गरेका छन् । बैठकमा विश्व आर्थिक दृष्टिकोण, विश्वव्यापी वित्तीय स्थायित्व, गरिबी उन्मूलन, समावेशी आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत विश्वव्यापी चासोका विषयमा छलफल हुने भएको छ । यही अस...

लयमा फर्किँदै ठमेलको पर्यटन व्यवसाय
लयमा फर्किँदै ठमेलको पर्यटन व्यवसाय

काठमाडौं : शरद ऋतुको आगमनसँगै प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । योसँगै व्यवसायीमा खुसी छाएको छ । विनाशकारी गोरखा भूकम्प, नाकाबन्दी, कोरोना महामारीका कारण पर्यटन नआउँदा उनीहरू आर्थिक समस्यामा परेका थिए । पर्यटकीय याम सुरु भएर पर्यटक आवागमन बढ्न थालेसँगै व्यवस...

विद्युत विधेयक जस्ताको त्यस्तै आयो भने निजी क्षेत्र कोमामा जान्छ: इप्पान अध्यक्ष कार्की
विद्युत विधेयक जस्ताको त्यस्तै आयो भने निजी क्षेत्र कोमामा जान्छ: इप्पान अध्यक्ष कार्की

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले विद्युत विधेयक, २०८० जस्ताको त्यस्तै पास भएमा नेपाली निजी क्षेत्र कोमामा जाने बताएका छन् । नेपाली कांग्रेस संसदीय दलले आयोजना गरेको संसदमा विचाराधिन विद्युत विधेयक, २०८० सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै...

राष्ट्र बैंकको नीतिले सकारात्मक सन्देश दिएको छ, अब बजार बढ्नुको विकल्प छैन: अध्यक्ष ढकाल
राष्ट्र बैंकको नीतिले सकारात्मक सन्देश दिएको छ, अब बजार बढ्नुको विकल्प छैन: अध्यक्ष ढकाल

काठमाडौं : धितोपत्र ब्रोकर एशोशिएशन नेपालका अध्यक्ष सागर ढकालले नेपाल राष्ट्र बैंकले गतहप्ता सार्वजनिक गरेको एकीकृत निर्देशनले पुँजी बजारलाई केहीहदसम्म चलायमान बनाउन सहयोग गर्ने बताएका छन् । ‘एकिकृत निर्देशनले सेयर धितोकर्जाको १२ करोड रुपैयाँको सीमालाई केही बढाएको छ, त्यसले लगानीकर्ताको समस...

पुँजीबजार बढ्दा राजस्व बढ्छ, लाखौं लगानीकर्ताको मुहारमा मुस्कान छाउँछ: पौडेल
पुँजीबजार बढ्दा राजस्व बढ्छ, लाखौं लगानीकर्ताको मुहारमा मुस्कान छाउँछ: पौडेल

काठमाडौं : पुँजीबजार बढ्दा राजस्व बढ्ने र लाखौं लगानीकर्ताको मुहारमा मुस्कान छाउने नेपाल उद्योग वाणिज्य महासंघ राजस्व समितिका सभापति अम्बिका पौडेलले बताएका छन् । विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा नेपाल धितोपत्र बोर्डको सहकार्यमा धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालको आयोजनामा गरेक...

एक अर्ब रकम मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक
एक अर्ब रकम मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै कोषको एक अर्ब रुपैयाँ रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने जनाएको हो । बैंकले कोषको उक्त रकम कात्तिक १२ गतेदेखि २०८१ कात्तिक १२ गतेसम्...

काउन्टर साइक्लिकल बफरको व्यवस्था खारेज गर्न सिबिफिनको माग 
काउन्टर साइक्लिकल बफरको व्यवस्था खारेज गर्न सिबिफिनको माग 

काठमाडौं : बैंक तथा वित्तीय संंस्था (सिबिफिन) ले काउन्टर साइक्लिकल बफरको व्यवस्था खारेज गर्न माग गरेको छ । हाल बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने कर्जा लगानीको वृद्धिदर न्यून रहेको र पूँजी पर्याप्तता समेत उच्च रहेको सिबिफिनको भनाई छ । यस अवस्थामा काउन्टर साइक्लिकल बफरको व्यवस्थाले बैं...

ऊर्जा क्षेत्रको सर्वाङ्गीण विकास गर्ने लक्ष्यका साथ नयाँ विद्युत् विधेयक
ऊर्जा क्षेत्रको सर्वाङ्गीण विकास गर्ने लक्ष्यका साथ नयाँ विद्युत् विधेयक

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको समग्र आर्थिक क्षेत्रको विकासलाई केन्द्रमा राखेर ऊर्जा क्षेत्रको सर्वाङ्गीण विकास गर्ने लक्ष्यका साथ ‘विद्युत् विधेयक, २०८०’ प्रस्तुत गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सो विधेयकमाथि विचार गरियोस्...

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाबीच बीमा सम्बन्धि सम्झौता  
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाबीच बीमा सम्बन्धि सम्झौता  

काठमाडौं : आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नीलकण्ठ नगरपालिका बिच नगरवासीको बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।  उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका मुख्य प्रबन्धक शिव प्रसाद लामिछाने र नीलकण्ठ नग...

सानिमा बैंकको शेयरमूल्य समायोजन 
सानिमा बैंकको शेयरमूल्य समायोजन 

काठमाडौं : सानिमा बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले आइतबार बैंकको ९ प्रतिशत बोनसपछिको शेयरमूल्य समायोजन गरेको हो । ेप्सेका अनुसार बैंकको शेयरमूल्य २४७ दशमलव ४३ रुपैयाँमा समायोजन भएको छ । बैंकको अन्तिम कारोबार २६९ दशमलव ७० रुपैयाँमा भएको थियो ।   

मनाङका होटलमा पर्यटक भरिभराउ, दैनिक दुई सयसम्म भित्रिन थाले 
मनाङका होटलमा पर्यटक भरिभराउ, दैनिक दुई सयसम्म भित्रिन थाले 

मनाङ : हिमाली जिल्ला मनाङमा भ्रमण गर्न अनुकूल मौसम बनेसँगै पर्यटक आगमन बढे्को छ । विश्वकै जोखिमयुक्त मानिएको अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै गएको हो । पर्यटक आगमन बढ्दै गएपछि यहाँका होटल तथा पर्यटन व्यवसाय भरिभराउ भएका छन् । दिनप्रतिदिन मनाङअन्तर्गतको अन्नपूर्ण पदमार्ग चयालमान बन्दै...

दुई अर्ब १५ करोड खर्चेर पैदलमार्ग मर्मत गर्दै काठमाडौँ महानगर
दुई अर्ब १५ करोड खर्चेर पैदलमार्ग मर्मत गर्दै काठमाडौँ महानगर

काठमाडौं : काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा दुई अर्ब १५ करोड लागतमा पैदलमार्गको मर्मत तथा सुधार गर्नेभएको छ । यसका लागि सबैजसो सडक खण्डको लागत अनुमान तयार भइसकेको र केही क्षेत्रमा सम्झौता भइ काम सुरु पनि भइसकेको महानगरका सार्वजनिक निर्माण विभागका निर्देशक सुरेशकुमार राईको भनाइ छ ।&nbs...

हाइड्रो–टुरिजमको सम्भावना खोज्दै इप्पान र रैथाने, क्याम्प हाउसलाई होमस्टेमा परिणत गरिने
हाइड्रो–टुरिजमको सम्भावना खोज्दै इप्पान र रैथाने, क्याम्प हाउसलाई होमस्टेमा परिणत गरिने

काठमाडौं : जलविद्युत आयोजना निर्माण गर्दा कर्मचारी आवासको लागि बनाइएका ‘क्याम्प हाउस’ लाई होमस्टेमा परिणत गर्दै हाइड्रो–टुरिजमको सम्भावनाका विषयमा छलफल भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र रैथाने एग्री प्रोडक्टस प्रालीले शनिवार आयोजना गरेको कार्यक्...

चाडपर्व लक्षित गरी लुम्बिनी केबलकारको टिकटमा ४० प्रतिशत छुट
चाडपर्व लक्षित गरी लुम्बिनी केबलकारको टिकटमा ४० प्रतिशत छुट

बुटवल : लुम्बिनी केबलकार लिमिटेडले नेपालीहरुको महान चाड दशैं, तिहार, नेपाल संवत र छठलाई लक्षित गरी चाडपर्व अफर ल्याएको छ । आज असोज २१ गतेदेखि लागु भएको यो अफरमा साविक टिकट दरमा शनिबार वाहेक अन्य दिनहरुमा ४० प्रतिशत छुट दिइएको छ । यो अफर अनुसार अब शनिबार वाहेक अन्य दिनहरुको टिकट दर ४५० रुपैया मात्...

खाद्य कम्पनीको सहुलियत पसल सञ्चालनमा, कर्णालीका उत्पादनलाई प्राथमिकता 
खाद्य कम्पनीको सहुलियत पसल सञ्चालनमा, कर्णालीका उत्पादनलाई प्राथमिकता 

काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व लक्षित सहुलियत पसल आजदेखि सञ्चालनमा ल्याएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले ४३ जिल्लामा सञ्चालन गरिएको सुपथ मूल्य पसल काठमाडौंमा उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री रिजालले खाद्यान्न लगायत...