वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेपालका लागि भारतले ३७.५ टन राहत सामग्रीसहित दोस्रो उडान पठायो
नेपालका लागि भारतले ३७.५ टन राहत सामग्रीसहित दोस्रो उडान पठायो

काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपाली नागरिकका लागि ३७.५ टन मानवीय सहायता, विपद् राहत तथा उद्धार सामग्री औषधि र खाद्यान्नसहितको दोस्रो उडान नेपाल पठाएको छ । भारतका विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत दोस्रो राहत उडान ३७.५ टन सामग्री बोकेर नेपालका लागि उडेको जानकारी दिएका...

गोल्छा ग्रुपले बाढी प्रभावितका लागि डेढ करोड सहयोग गर्ने
गोल्छा ग्रुपले बाढी प्रभावितका लागि डेढ करोड सहयोग गर्ने

काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले बिहीवार सामाजिक सञ्जाल फेसबुक मार्...

हवाई भाडादरबारे प्रकाशित समाचारप्रति बुद्ध एयरको ध्यानाकर्षण
हवाई भाडादरबारे प्रकाशित समाचारप्रति बुद्ध एयरको ध्यानाकर्षण

काठमाडौं : सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा हवाई भाडादरसम्बन्धी प्रकाशित समाचार तथा सामग्रीप्रति बुद्ध एयरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बुद्ध एयरले विपद्मा ज्यान गुम...

कुमारी बैंकद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग
कुमारी बैंकद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग

काठमाडौं : रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग जुट्न थालेको छ । एकद्वार प्रणालीमार्फत प्राप्त सहयोग अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बुझ्दै आएका छन् । यसैक्रममा कुमारी बैंक लिमिटेडले आफ्नोतर्फबाट ३ करोड रुपैयाँ...

यस्ता छन् सर्वदलीय बैठकका १० बुँदे संकल्प
यस्ता छन् सर्वदलीय बैठकका १० बुँदे संकल्प

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजनामा सम्पन्न सर्वदलीय बैठकले बाढीपहिरो तथा विपद् व्यवस्थापनसँग सम्बन्धित १० बुँदे साझा निर्णय गरेको छ । भोटेकोशी बाढीपछि बसेको सर्वदलीय बैठकले विपद्मा सबै राजनीतिक दलहरू एक ठाउँमा भएको सन्देश दिएको छ । बैठकपछि आठ राजनीतिक दलले संयुक्त वक...

राहत व्यवस्थापनसँगै सञ्चार सुविधा तत्काल लागू गर्न राप्रपाको अपिल
राहत व्यवस्थापनसँगै सञ्चार सुविधा तत्काल लागू गर्न राप्रपाको अपिल

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विपद् प्रभावित क्षेत्रमा राहत व्यवस्थापनसँगै सञ्चार सुविधा तत्काल उपलब्ध गराउन सरकारसँग अपिल गरेको छ ।  बिहीबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री राहत कोषलाई...

विपद्को घडीमा सबै राजनीतिक दल एकजुट भएर काम गर्नुपर्छ: गगन थापा
विपद्को घडीमा सबै राजनीतिक दल एकजुट भएर काम गर्नुपर्छ: गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विपत्तिको समयमा सबै राजनीतिक दल एक ठाउँमा आएर एउटै सोच र संकल्पका साथ काम गर्ने परम्परा रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले यही परम्परालाई नि...

नाडाद्वारा बाढीपीडितका लागि १० लाख आर्थिक सहयोग, उद्दारमा एकबद्ध हुन व्यवसायीलाई आह्वान
नाडाद्वारा बाढीपीडितका लागि १० लाख आर्थिक सहयोग, उद्दारमा एकबद्ध हुन व्यवसायीलाई आह्वान

काठमाडौं : नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित जिल्लाहरूमा राहत तथा पुनरुत्थानका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। नाडाले विज्ञप्तिमार्फत बाढीका कारण रसुवा, नुवाकोट,...

उद्धारका लागि २२ हेलिकप्टर परिचालन, २५ अर्ब अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकार
उद्धारका लागि २२ हेलिकप्टर परिचालन, २५ अर्ब अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकार

काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेले राष्ट्रिय संकटको समयमा सबै राजनीतिक दल र पक्ष एक ठाउँमा आएर समाधानका लागि अघि बढ्नुपर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री डा।वाग्लेले बैठकमा प्रमुख दलका अध्यक्ष, स...

भोटेकोशी बाढीपीडितको पीडामा ग्लोबल आइएमई बैंकको मल्हम, ५ करोड सहयोग
भोटेकोशी बाढीपीडितको पीडामा ग्लोबल आइएमई बैंकको मल्हम, ५ करोड सहयोग

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा ५ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ। भोटेकोशी नदीमा आएको विनाशक...

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी
पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं : भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि यातायात सञ्चालनमा आउन सकेका छैनन् । बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत विभिन्न क्षेत्रमा लेदो थुप्रिएपछि सडक अबरुद्ध भएको र अहिले उक्त लेदो हटाउने काम भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्र...

रसुवा बाढीबाट मृत्यु हुनेको संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता
रसुवा बाढीबाट मृत्यु हुनेको संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

काठमाडौं : चीनको तिब्बत क्षेत्रबाट आएको भीषण हिमपहिरो तथा त्यसपछि आएको भोटेकोशी–त्रिशूली बाढीमा परी मृत्यु हुनेको संख्या १७५ पुगेको छ भने २८ देशका ४७६ जना अझै बेपत्ता रहेको नेपालस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । सरकारले बुधबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार उद्धार तथा खोजी अ...

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २० हजार ९००  र...

रसुवा बाढी : एनआरएनए टोली राहत लिएर जाने
रसुवा बाढी : एनआरएनए टोली राहत लिएर जाने

काठमाडौं : रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पाँच करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ। प्रभावित नागरिकलाई तत्काल राहत पु¥याउन संघका पदाधिकारीसहितको टोली बिहीबार नै प्रभावित क्षेत्...

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु
वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

काठमाडौं : भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा पुनःसुचारु गरेको छ । बाढीका कारण प्रभावित खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या, विदुरलगायतका क्षेत्रमा सिन्ध...

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री लम्साल
प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री लम्साल

काठमाडौं : प्रधानमन्त्री बालेन शाह (बालेन्द्र) बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन् । निरीक्षणका लागि प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि सहभागी भएका छन् । उनीहरू आज बिहान ९्ः३० बजे सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क...

सहयात्री सहकारीको मानवीय सहकार्य : बाढीपीडितका लागि १ लाख ११ हजार सहयोग
सहयात्री सहकारीको मानवीय सहकार्य : बाढीपीडितका लागि १ लाख ११ हजार सहयोग

काठमाडौं : सहकारीको मूल मर्म नै सदस्यसँगै समुदाय र समाजको सुख–दुःखमा सहकार्य गर्नु हो। यही मानवीय भावना र सहकारीका सिद्धान्तलाई आत्मसात् गर्दै नयाँ बानेश्वर स्थित सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १ लाख ११ हजार २३५ र...

बाढी प्रभावित क्षेत्रमा बत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै
बाढी प्रभावित क्षेत्रमा बत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै

काठमाडौं : विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक ऊर्जाको व्यवस्था गरेको छ ।  बाढीबाट १२ वटा जलविद्युत् आयोजनाहरुमा क्षति पुगी ४३१.१ मेगावाट विद्युत उत्पादन बन्द भएपछि ऊर्जामन्त्री विराज...

भोटेकोशी बाढीबाट विद्युत् क्षेत्रमा ठूलो क्षति, ४३१ मेगावाटका १२ आयोजना बन्द
भोटेकोशी बाढीबाट विद्युत् क्षेत्रमा ठूलो क्षति, ४३१ मेगावाटका १२ आयोजना बन्द

काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रभावित भएको छ। बाढीले विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुर्‍याएपछि विद्युत् आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भ...

होटल सारथीले १५ प्रतिशत लाभांश दिने, असोज ४ गते बोलायो साधारणसभा 
होटल सारथीले १५ प्रतिशत लाभांश दिने, असोज ४ गते बोलायो साधारणसभा 

काठमाडौं : होटल सारथी लिमिटेडले असोज ४ गते दोस्रो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्तावसहित साधारणसभा गर्ने निर्णय गरेको हो ।  उक्त सभा होटल सारथीको सभाहल धुलिखेलमा दिउँसो १२ बजे शुरु हुने छ । सभाले गत आर्थिक वर्षको व...

नाडा अटो शोमा बिवाइडीका नयाँ तीन ब्रान्डका इभी गाडी सार्वजनिक
नाडा अटो शोमा बिवाइडीका नयाँ तीन ब्रान्डका इभी गाडी सार्वजनिक

काठमाडौं : काठमाडौंको भुकटीमण्डपमा मंगलबार देखि सुरु भएको १८औं संस्करणको नाडा अटो शो २०२६ मा बिवाइडीले तीनवटा नयाँ तथा अपग्रेडेड उत्पादन सार्वजनिक गरेको छ ।  कम्पनीले (बिवाइडी सेलिएन) लाई अपग्रेडसहित पुनः बजारमा ल्याएको छ भने एटीटुको सुपेरियर भेरियन्ट र सार्क ६ प्लग–इन हाइब्रिड पन...

अपर त्रिशूली-३ एमा हेलिकप्टर अवतरण, विद्युत् पुनस्र्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा
अपर त्रिशूली-३ एमा हेलिकप्टर अवतरण, विद्युत् पुनस्र्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

काठमाडौं : भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित भएको अपर त्रिशूली–३ए जलविद्युत् आयोजनामा रोकिएका कर्मचारीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बिहीबार सफलतापूर्वक अवतरण गरेको छ । प्रतिकूल मौसमका कारण बुधबार दुई पटकको प्रयास असफल भएपछि आज हेलिकप्टर आयोजनास्थलमा पुग्न सफल भएक...

चीनबाट सामान बोकेर आएका ५०० भन्दा धेरै कन्टेनर बाढीमा बेपत्ता
चीनबाट सामान बोकेर आएका ५०० भन्दा धेरै कन्टेनर बाढीमा बेपत्ता

काठमाडौं : भोटेकोशी नदीमा बुधबार आएको भिषण बाढीले गर्दा रसुवागढी नाका समेत अब अनिश्चिीत समयका लागि ठप्प भएको छ । बाढीका कारण चीनबाट नेपाल भित्रिने सयौं कन्टेनर सामान बगेका छन् । नाका अबरुद्ध हुँदा दशैं–तिहार लक्षित वस्तुको आपूर्तिमा दबाब पर्न सक्ने नेपाल हिमालय सीमापार वाणिज्य संघले जन...

रसुवास्थित भोटेकोशी बाढीको प्राविधिक प्रतिवेदन सार्वजनिक
रसुवास्थित भोटेकोशी बाढीको प्राविधिक प्रतिवेदन सार्वजनिक

  काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीका सम्बन्धमा प्रारम्भिक प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रारम्भिक प्राविधिक प्रतिवेदन सार्वजनिक गर्दै महाशाखाले भोटेकोशी–त्रिशूली–नारायणी नदी प्रणालीमा नि...