ढिलासुस्ती र दोहोरोपन अन्त्य गर्न स्वास्थ्य मन्त्रालयको डिजिटल रूपान्तरण, कस्तो बन्यो नयाँ संरचना ?
काठमाडौं : आम नागरिकले लामो समयदेखि अपेक्षा गर्दै आएको चुस्त, छरितो र नतिजामुखी सार्वजनिक प्रशासनको अवधारणालाई मूर्तरूप दिने उद्देश्यका साथ, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एक ऐतिहासिक कदम चालेको छ।
मन्त्रालयले आफ्नो नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) प्रतिवेदन स्वीकृत गर...