तनहुँ : जिल्लाको बन्दीपुर-५, याम्पाफाँटस्थित याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले १५ दुग्ध उत्पादक कृषकलाई पुरस्कृत गरेको छ ।
संस्थाको २७ औँ वार्षिक साधारणसभाको अवसरमा सबैभन्दा बढी दूध बिक्री गर्ने किसानलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको हो । गण्डकी प्रदेशका सांसद एवं नेकपा (माओवाद...