गण्डकी : दुई सयभन्दा बढीलाई रोजगारी दिने उत्पादनमूलक उद्योग तथा व्यवसायलाई गण्डकी प्रदेश सरकारले करमा ७५ प्रतिशत छुट दिने भएको छ । आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले आइतबार प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुभएको आगामी आव २०८२÷८३ को बजेटमा उक्त घोषणा गरिएको हो ।
कृषि, पर्यटन, ऊर्जा र व...