Below Menu
Below Menu

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?  

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?  

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ६० रुपैयाँले घटेको छ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला तीन हजार २८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बिहिबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५० हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार ३४५ रूपैयाँमा कारोबार भएको थियो। 

Advertisment

थप समाचार