तानसेन : जिल्लास्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा रु १७ करोड बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आवको साउनदेखि चैत मसान्तसम्ममा सो कार्यालयले रु १७ करोड २३ लाख १५ हजार ४६५ राजस्व सङ्कलन गरेको हो...