काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार तीन सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा दुई हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।