काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहिबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा दुई हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।