काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार २१.१५ अंकले घटेर २६६३.१८ बिन्दुमा झरेको छ। कारोबारको सुरुदेखि नै देखिएको गिरावट अन्तिम समयसम्म कायम रहँदा बजार दोहोरो अंकले ओरालो लागेको हो।
आज ३४३ कम्पनीको १ करोड ७ लाख ६१ हजार ३९६ कित्ता सेयर ४ अर्ब ७ करोड ८ लाख ५३ हजार ६१० रुपैयाँ ब...