काठमाडौं : प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बीमित परिवारलाई दाबी भुक्तानी गरेको छ । गत वर्षको पुस २८ गते प्रभु लाइफमा २० लाख रुपैयाँ बीमाङ्क रकमको जीवन बीमा गर्नुभएका गणेश विश्वकर्माको यही असोज २८ गते मृत्यु भएको थियो ।
पहिलो प्रीमियम स्वरुप १ लाख ३६ हजार ६५४ रुपैयाँ रकम मात्र बीमा शुल्क बुझाउनु भएका उहाँको दोस्रो किस्ता रकम (बीमा शुल्क) बुझाउने समय अगावै मृत्यु भएको थियो । प्रभु लाइफले बीमित स्वर्गिय गणेश विश्वकर्माका श्रीमती सन्तमाया मगर र निजका बुबा धन बहादुर मगरलाई धरान शाखा कार्यालयमा एक कार्यक्रमका बीच सो वाततको चेक हस्तान्तरण गरेको थियो ।
प्रभु लाइफका प्रदेश १ प्रमुख पुष्कर भट्टराई र धरान शाखा प्रमुख सन्तोष राईले संयुक्त रुपमा परिवारलाई सो चेक हस्तान्तरण गरेका थिए ।
Advertisment