काठमाडौं : सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरेको छ। बिहीबारदेखि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट कारोबार सुरु गरेको हो। दुई कम्पनी बीच १ः१ सेयर अनुपातमा मर्ज भएका हुन् । दुई कम्पनीले एकीकरणका लागि गत असार २९ गते प्रारम्भिक सम्झौता गरेका थिए ।
मर्जरपछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । अघि रिलायन्स लाइफको चुक्ता पुँजी २ अर्ब १८ करोड र सानिमा लाइफको २ अर्ब रुपैयाँ थियो।
यस्तै एकीकरणपश्चात् जीवन बीमा कोष ८ अर्ब ३४ करोड, जगेडा कोष ७७ करोड ५९ लाख, शेयरधनी कोष ४ अर्ब ९६ करोड पुगेको छ । यस्तै खुद नाफा २८ करोड ३० लाख र लगानी १३ अर्ब ५० करोड पुगेको छ।
सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सलाई नेपाल बीमा प्राधिकरणले फागुन १८ गते र फागुन २९ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट मर्जर सम्बन्धी अन्तिम स्वीकृती पाएको थियो । कम्पनीको सिईओमा शिवनाथ पाण्डे रहने छन्।
Advertisment