काठमाडौं : न्यूरोड स्थित ताम्राकार कम्प्लेक्समा रहेको जिओ मोबाइल बिक्री केन्द्रले होलीको अवसरमा ल्याएको बैंकक भ्रमण (बैंकक टूर) भाग्यशाली बिजेता घोषणा गरेको छ । बुधबार एक कार्यक्रमको बीच मोबाइल खरिद गर्ने सेवाग्राहीहरू मध्ये ‘लक्की ड्र’ मार्फत दुई भाग्यशाली विजेताको नाम घोषणा गरिएको हो ।
बैंकक टूर जित्नेमा प्रज्वल केसी र निरज कुशुवाह रहेका छन् । उनीहरुले ४ रात र ५ दिनका लागि उपहार स्वरुप थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेका छन् ।
जोय ग्रुपद्वारा संचालित जिओ मोबाइल नेपालकै व्यापारीक केन्द्र पाकोस्थित न्यूरोडको ताम्राकार कम्प्लेक्सको शप नं. ३१ अवस्थित छ। सो विक्री केन्द्रमा समय समयमा सेवाग्राहीमुखी यस्ता स्किम सार्वजनिक गरिँदै आएको छ ।
जिओ स्टोर नेपालकै नम्बर १ एक्सजेन्ज हाउस समेत हो । जिओ स्टोरबाट विभिन्न ब्राण्डका मोबाईल, ल्यापटप खरिद गर्न सकिने छ। स्टोरबाट नयाँ मोबाइलसँग पुरानो मोबाइल समेत साट्न सकिने जनाएको छ। ग्राहकले नयाँ तथा पुराना आइफोन खरिद तथा एक्सचेन्ज समेत गर्न सकिने जनाएको छ।

Advertisment