Below Menu
Below Menu

बैंकिङ कर्जाको वृद्धिदर ३.३ प्रतिशतमै सिमित

बैंकिङ कर्जाको वृद्धिदर ३.३ प्रतिशतमै सिमित

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.३ प्रतिशतले मात्रै बढेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको मुलुकको आर्थिक तथा वित्तीय विवरण अनुसार बैंक तथा वित्तीय संस्थाले १५३ अर्ब १७ करोड लगानी गरेका छन् ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा (१३.४ प्रतिशत) अर्थात ५४८ अर्ब १४ करोडले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३.१ प्रतिशतले बढेको छ । २०८० वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर– वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.४ प्रतिशत र ३६.६ प्रतिशत रहेको थियो। 

समीक्षा अवधिमा निजी क्षेत्रततर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३।२ प्रतिशतले, विकास बैंकहरुको ५.० प्रतिशतले र वित्त कम्पनीहरुको १.१ प्रतिशतले बढेको छ । ०८० वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये १२.१ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति सुरक्षणको रुपमा रहेको छ भने ६७.३ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । ०७९ वैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.४ प्रतिशत र ६६।९ प्रतिशत रहेको थियो। 

यस आर्थिक बर्षको दश  महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ७.१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.१ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ९.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.३ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.६ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३।५ प्रतिशतलेर उपभोग्य क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २१.२ प्रतिशतले, रियल स्टेट कर्जा ४.३ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ६.२ प्रतिशतले बढेको छ ।

Advertisment

थप समाचार